नवलपरासी । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजे छन् । यही अवस्थाले त्यहाँ विवाद सिर्जना भएको छ । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्ने लगायतका काम नगर्ने सहमति भएको थियो । यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिए ।
खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेका छन् ।सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हुँदै सुस्ता पुग्नुपर्ने बाध्यता छ । नेपाली भूमि हुँदै सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । यद्यपि भारतीय भूमि हुँदै सुस्ता पुग्न निकै सहज मानिन्छ ।
यतिबेला भारतीय पक्षले सो सडक सञ्जालमा खाल्टो खनेपछि सुस्तावासीलाई भारतीय भूमि हुँदै नेपालतर्फ आउने र भारतीय भूमि हुँदै सुस्ता जानसमेत निकै समस्या छ ।भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा पछिल्लो पटक सुस्तावासीलाई समस्या भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । पटक–पटक सुस्ताको भूमिको विषयलाई लिएर नेपाल र भारतीय पक्षबीच विवाद सिर्जना भएपछि २०६४ सालमा तत्कालीन रुपमा दुवै पक्षका उच्च अधिकारीहरूबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट सडक बिस्तार, खेती गर्ने लगायतका काम दुवै पक्षबाट नगर्ने सहमति भएको थियो ।
यद्यपि अहिले भारतीय पक्षले भारतीय सुरक्षाकर्मीको आडमा भारतीयहरुले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा भारतीय पक्षबाट सहमति उल्लघन गर्न खोजिएको संविधानसभाका पूर्वसदस्य देवकरण कलवारले जानकारी दिए ।सङ्घीय संरचनाअनुसार सुस्ता गाउँ वर्तमान अवस्थामा प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत वडा न ५ मा पर्दछ ।यसबारे स्थानीय रुपमा तत्काल दुवै देशका सुरक्षाकर्मीहरुको सहजीकरणमा विवाद समस्या समाधान गर्न पहल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।भारतीय भूमि हुँदै नेपाल आउन भारतीय पक्षले सडक सञ्जालमा खाल्टो खनेपछि यातायातका सवारी साधन चल्ल सकेको छैन । वर्षामा नारायणी नदीमा डुङ्गाको प्रयोग गर्दा जोखिम पूर्ण यात्रा गर्न सुस्तावासी बाध्य छन् । सुस्ता गाउँमा करीव दुई हजार पाँच सय जनङ्सख्या छ ।janaboli बाट
https://www.youtube.com/watch?v=LXGRBT8DqF4







