न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज २६८ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
यसको साथै फोन मार्फत भौतिक तथा यातायात मन्त्री रघुवीर महाशेठसँग बौद्ध जोरपाटी सडक खण्डसँगै कंलकी नागढुङ सडक सम्बन्धि कुराकानी पनि गरिएको छ ।
आजको एपिसोडमा प्रस्तुत गरिएका रिपोर्टहरु यस प्रकार छन्ः
१. आजको यस विशेष एपिसोडमा ‘यातायात मन्त्री रघुविर महासेठले भनेको समयमा सडकका खाल्डा पुरिएनन्’ भन्ने शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ ।
काठमाडौं । साउन १२ गते बौद्ध जोरपाटी सडक खण्ड अनुगमनका लागि पुगेका भौतिक तथा यातायात मन्त्री रघुवीर महाशेठले स्थानीयसँग सडक निर्माण सक्न १ महिना अर्थात भदौ १२ गतेसम्मको समयमा मागेका थिए । उनले बौद्ध जोरपाटी सडक खण्डसँगै कंलकी नागढुङ सडकको पनि १ महिनामा कालोपत्रे हुने बताएका थिए ।
२. कार्यालय समयमा सरकारी अस्पतालका डाक्टरहरु क्लिनिकमा भेटिन्छन्
काठमाडौं । शिक्षण अस्पतालका डाक्टरहरु कार्यालय समयमा निजी अस्पताल र क्लिनिकहरु गई विरामी जाँच्ने गर्दछन । उनि प्युठानकी सिता लामा । शिक्षण अस्पतालमा डेलिभरी गराएकी उनी चार दिनपछि पुन उपचारका लागि अस्पताल पुगिन् ।
अत्याधिक रक्तश्राप भएपछि बिहान ७ बजे शिक्षण अस्पतालको ईमेरिजेन्सीमा पुगेकी उनको २ बजे सम्म उपचार भएन् ।
३. फलोअपः म्याग्दीकी पुजा खत्रीलाई सहयोग गर्नेहरुको लाईन !
म्याग्दी । चरम गरिबीका कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीको अहिले दैनिकी फेरिएको छ ।
आमाबुबाले छोडेपछि बृद्ध हजुरबुबा, भाईबहिनीलाई पेट भर्नकै लागि गाउँघरमा माग्न जानुपर्ने भएपछि विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र लेखेकी थिइन ।
पुजाको अवस्थाबारे हामीले स्थलगत रिपोटीङ गरेपछि अहिले उनि नियमित विद्यालय जान सक्ने भएकी छिन, बिहान बेलुका के खाउँ के लाँउ भन्नु पर्ने अवस्था छैन भने १ वर्षदेखि वेपत्ता बहिनि समेत घरमा छिन् । अहिले खाद्यन, लत्ता कपडा, शैक्षिक सामाग्री विभिन्न सहयोगदाताले घरमै पु¥याइदिएका छन् ।







