म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय उनका बाबुलाई पक्राउ गरेको छ ।
गएको शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेका उजुरी परेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले विक थरका ती व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले ती पुरुषलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।
६ वर्षीया बालिका बलात्कृत
बाँके/ कोहलपुरमा ६ वर्षीया बालिका बलात्कारमा परेकी छिन् । कोहलपुर नगरपालिका–१ की ६ वर्षीया बालिकालाई १९ वर्षीय युवकले बलात्कार गरेका प्रहरीले जनाएको हो । भारत उत्तर प्रदेश घर भई कोहलपुर–४ मा डेरा लिई बस्दै आएका १९ वर्षीय हरून खानले मंगलबार दिउँसो बालिकालाई बलात्कार गरेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।
बालिकाकी आमाले कोहलपुरमा किराना पसल गर्दै आएकी छिन् । किराना पसलमा रहेकी बालिकालाई घरमा पु-याइदिन्छु भन्दै खानले साइकलमा राखेर आफ्नो घरमा लगेर बलात्कार गरेका प्रहरीले जनाएको छ । nayapatrika बाट
https://www.youtube.com/watch?v=WEYI3nVoNM0







