फगाम/राेल्पा, दीपेश विष्ट
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जीवले संसदीय व्यवस्थाले जनतालाई झुक्याउने, ठग्ने, दलाली गरेर दु:ख मात्रै दिएको र देशको स्वाभिमानमा सधैं ठेस पुर्‍याएकोले यसलाई जरैदेखि नफाले झन् पछि झन् ठूल्ठूला समस्याले घेर्ने ठोकुवा गर्दै देश र जनतामा वास्तविक समृद्धि र शान्ति ल्याउनकै लागि आफूहरु वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध भएको बताउनुभएकोछ ।
राेल्पा फगाममा अायाेजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सञ्जीवले यस्तो बताउनुभएको हो । संसदीय व्यवस्थाको चुनाव अत्यन्तै महंगो भएकोले गरिव, किसान र मजदुरका छोराछोरीहरुले चुनावमा भाग लिएर देश र जनताको सेवा गर्न नसक्ने भन्दै नेता सञ्जीवले अहिलेको महंगी र अनपेक्षित कर वृद्धि त्यही संसदीय चुनावकै पराकाष्ठा भएको समेत बताउनुभयो ।
“हिजो यही संसदीय व्यवस्थाको विरुद्धमा लड्नु पर्छ भनेर आदेश गर्नेहरु आज त्यसलाई मलजल गर्न तर्फ लागेकोमा जनयुद्ध लड्नेहरुलाई ठूलो पीडा भइरहेकोछ ।”- प्रचण्ड- बबुराम र बादलतिर लक्षित गर्दै नेता सञ्जीवले भन्नुभयो – “हिजोका उनीहरुका सहयोद्धाहरु उनीहरूले नै देखाएको बाटोमा हिड्दै गर्दा आज जनबैरीहरुसँग घाँटी जोडेर तिनै पूर्व सहकर्मीहरुका घर-घरमा पक्राउ पूर्जी टाँस्दै गिरफ्तार गर्दै हिडिरहेका छन् ।” उहाँले अगाडि थप्नुभयो – “यो कार्य सिङ्गो शहीद र शहीद परिवार, बेपत्ता र बेपत्ता परिवार, घाइते-अपाङ्ग र तिनीहरुका परिवार माथि अपमान हो, तिरस्कार हो र घृणा हो । यस्तो कार्य हामीहरुलाई कुनै पनि हालतमा मान्य छैन । यसको प्रतिवाद गरेरै छाड्छौं ।”
संसदवादीहरुले केही भौतिक विकास र (विदेशीले गरिदिएको) प्रविधिमा ठूलो विकास भएको हल्ला गरे पनि आम्दानी र आयस्रोत विनाका यस्ता विकासले नेपाली जनताको जीवनशैलीमा दिनप्रतिदिन संकट थपिँदै गएको पनि बताउनुभयो । आफूहरुले देशलाई स्वाधीन बनाउनुपर्छ भन्दा, महंगीलाई समायोजन गरि नेपाली जनतालाई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको तत्काल ग्यारेन्टी गर भन्दा दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारबाटै गिरफ्तारी र निगरानी खेप्नु परेकोमा दु:ख व्यक्त गर्दै सरकारले ल्याउने भनिएको समाजवादप्रति आशंका गर्नुभयो ।
आफूहरू कुनै युद्धमा नभई क्रान्तिमा होमिएको स्पष्ट पार्दै नेता सञ्जीवले देशमा साँच्चिकै समाजवाद यो सरकारले ल्याए स्वागत गर्दै आफूहरुले पार्टी बिगठन गर्ने अभिव्यक्ती समेत सार्वजनिक गर्नुभयो । यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै सुनछहरी गाउँपालिका अध्यक्ष रक्तिमले देशमा भ्रष्टाचार र दलालहरु बढिरहेको बताउनुभयो । यस्तै योङ रेड फोर्स नेपालका केन्द्रीय सदस्य विश्लेषणले दलालहरु तलदेखी माथिसम्म भएकोले खोजीखोजी जनकारबाही गर्ने चेतावनी दिनुभयो ।
नेपाली युवाहरुले बिदेशमा बेचिनु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै युवा नेता विश्लेषणले यो सरकारको विरुद्धमा एकजुट हुन सम्पूर्ण युवाहरूलाई आग्रह गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार