स्थानीय र पीडित परिवार पछिल्लो समय पक्राउ परेका दिलीपसिंह विष्टलाई पनि अभियुक्त मान्न तयार छैनन् ।

२४ वर्ष विष्टको घरनजिकै बाघफाटाको लक्ष्मी माविमा पढाएका शिक्षक भट्ट भन्छन्, ‘जेलबाट छुटेपछि मैले दिलीपलाई यो बाटोमा हिँडेको देखेकै छैन ।’घटनास्थल नजिकैको एक चौधरी होटलमा नयाँ पत्रिकासँग छलफलका लागि भेला भएका ७/८ जना सबैले भट्टका कुरामा सही थापे । भट्टले थपे, ‘गाँजा, चरेस र रक्सी खान्छ, तर जति नशामा भए पनि महिला देखेपछि तर्केरै हिँडेको देखेको छु उसलाई ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दिलीपलाई पक्राउ गर्नुअघिल्लो दिन भदौ ३ मा सादा पोसाकका प्रहरी उनको घरमा पुगी सुकाइराखेको सर्टको गोजी च्यातेर ल्याएका थिए । जुन अर्को दिन घटनास्थलमा ओभानै भेटियो । घटनास्थलमा ओभानै अवस्थामा कण्डमको खोल पनि भेटियो ।दिनहुँ वर्षा भइरहँदा पनि दिलीपको सर्टको च्यातिएको गोजी र कण्डमको खोल २६ दिनपछि ओभानै कसरी भेटियो ? त्यसकारण पनि आन्दोलन मत्थर पार्न प्रहरीले एकपछि अर्को छद्म अभियुक्त खडा गरेको स्थानीयको आशंका छ । दुव्र्यसनका शिकार दिलीपको स्वास्थ्य अवस्था निकै कमजोर छ ।

नयाँ पत्रिका टोली जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतलाई भेट्न सोमबार बिहान जिल्ला प्रहरी कार्यालय पुग्दा दिलीप लरखरिँदै कडायतको कक्षबाट बाहिरिँदै थिए । निर्मलाको साइकल भेटिएको नहर पार गरेर पारि लैजान उनी एक्लैले असम्भव प्रायः देखिन्छ । भोलिपल्ट निर्मलाको शव भिजेको छ, तर नहर वारिको सडक छेउमा भेटिएको उनको किताब ओभानो छ ।सुरक्षासम्बद्ध स्रोत, जो निर्मलाको शव परीक्षण गर्ने चिकित्सकसँगको सम्पर्कमा छन् । उनका अनुसार निर्मलाका दुवै स्तनको अग्रभाग टोकेर लगभग चुँडिएको अवस्थामा छ । गालामा पनि टोकेका डाम स्पष्ट देखिन्छन् ।यौनांगबाट बगेको रगत रोक्न माटो राखेर पुरिएको अवस्थामा शव मिल्काइएको छ ।

ती प्रहरी अधिकृत भन्छन्, ‘फाट्टफुट्ट भए पनि सवारीसाधन चल्ने र मानिसहरूको आवतजावत भइरहने सडकछेउ दिउँसै यी सब गतिविधि भइरहँदा कसैले थाहा नपाउने भन्ने हुनै सक्दैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार