काठमाडौं । बिहीबार र शुक्रबार काठमाडौंमा हुन लागेको बिमस्टेक सम्मेलनमा सहभागी हुन विशिष्ट पाहुना आउनेक्रम जारी छ । मंगलबार म्यानमारका राष्ट्रपति विन मिन्ट आइपुगेका थिए भने बुधबार बिहानै भुटानका छिरिङ वानचुक आइपुगेका छन् । उनी भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकारसमेत हुन् । तर विशिष्ट पाहुना काठमाडौं भित्रिँदा सर्वसाधारणले भने सास्ती बेहोर्नुपरेको छ ।
आजदेखि नै जोर विजोर प्रणाली लागु गरिएको छ भने विमानस्थलबाट होटलसम्म पाहुना नपुग्दासम्म सर्वसाधारण सडकमै रोकिनुपर्ने अवस्था छ ।

सार्वजनिक बिदा नभएका कारण पनि कार्यालयमा जाने व्यक्तिहरु समयमै पुग्न सकेका छैनन् भने अन्य कामका लागि निस्किएका सर्वसाधारण पनि गन्तव्यमा समयमा नै पुग्न सकेका छैनन् । सरकारले पनि सर्वसाधारणका लागि वैकल्पिक व्यवस्था नगर्दा झनै सास्ती बेहोर्नुपरेको छ ।







