सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ठूला निर्माण व्यवसायी (ठेकेदार) र सरकारका सचिवबीच गोप्य सेटिङ हुने गरेको अाराेप लगाएका छन् ।

बुधबार भरतपुरमा अायाेजित निर्माण व्यवसायी संघ चितवनकाे २५ अाैं वार्षिक साधरणसभा उद्घाटन कार्यक्रममा नेता दाहालले अाफूले ल्याएका याेजना लत्याउँदै सचिवहरूले अाफ्नै सुर गर्ने गरेकाे बताए । आफू प्रधानमन्त्री हुँदा यस्तो कुराको अनुभव गरेको जनाउदै प्रधानमन्त्री दाहलले सरकार भन्दा बलिया कर्मचारी बनेको जनाएका छन् ।

दाहलले ठेकेदारले पैसा नकमाए देशले उन्नति नगर्ने समेत जनाए । ठेकेदारहरुले स्वच्छ प्रतिष्पर्धाबाट काम लिने र सवै काम समयमै सकेर देशलाई विकासको गति दिन सरकारलाई सहयोग गर्नु पर्ने समेत जनाए । ठेकेदार भनेका देश निर्माणका खम्बा हुन् । उनीहरुले आफ्नो भाैतिक अभाैतिक सम्पत्तिको सुरक्षा सरकारबाट पाउनु पर्ने र सरकारको उद्धेश्यप्रति कटिबद्ध भएर देश निर्माणमा हातेमालो गर्दै अगाडी बढ्न दाहलले सवैलाई आग्रेह समेत गरेका छन् ।

‘पाँच/सातवटा पुल एउटैले अाेगटेकाे छ । समयमा काम पनि गर्दैनन् । यसाे नगराैं प्याकेजमा दिने हैन पार्टपार्ट गरेर दिने नियम बनाउँ भने,’ दाहालले सुनाए । सचिवहरूले पहिला हुन्छ भने पनि पछि अाफ्नै सुर गरेकाे दाहालले बताए ।

‘मैले भनेकाे हाे तर सफल भइनँ । मानेनन् सचिवहरूले । त्यहाँ त सेटिङ हुँदाे रहेछ सेटिङ । ठेकेदारसँग चट्ट सेटिङ मिलाएकाे हुँदाे रहेछ,’ दाहालले भने । एउटैलाई दिँदा काम गरे पनि हुने नगरे पनि हुने नाफा एकलाैटी गर्न पाइने उनले बताए । ‘पार्टपार्ट दिए उस्ले भन्दा र राम्राेसँग काम सक्नु पर्छ भन्ने प्रतिस्पर्धा पनि हुने,’ दाहाले भने ।

यस्तै, फरक प्रसंगमा उनले सरकारले महिला हिंसा रोक्न गम्भिरता नदेखाएको जनाएका छन् । अहिले देशैभर महिला सुरक्षित हिडडुल गर्न नसक्ने भयावह स्थिति सिर्जना भएकाले सरकारले यसतर्फ चासो दिन जरुरी भएको समेत जनाए ।.nepalpanaबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार