आफ्नी श्रीमतीसँग सम्बन्ध भएको आशंकामा दुबई पुगेका युवकले नेपाल आएरपछि एक व्यक्तिको हत्या गरेका छन् । दाङको लालमटिया, भालुबाङका सञ्जीव थापाले ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको छुरा प्रहार गरेर भदौ ५ गते हत्या गरेका हुन् ।

हत्यामा संलग्न थापालाई आज बिहान इलाका प्रहरी कार्यालय, कोहलपुरले पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछका क्रममा थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध भएका कारण कार्कीको हत्या गरेको दाबी गरेका छन् । उनी कार्कीको हत्या हुनु केही दिन अगाडि मात्रै नेपाल आएका थिए ।
उनले जीवन निर्वाह गर्नको लागी विदेशी भूमिमा आफ्नो रगत र पसिना बेचिरहेका व्यक्तिले वर्षौदेखि सुध्रिने अवसर पटक-पटक दिँदा पनिनसुध्रिएको र मिहिनेत गरेर खान खोज्ने एक निर्दोष व्यक्तिको इज्जतसँग खेलबाड गरि सिङ्गो परिवार नै तहसनहस बनाइदिएको बताएका फेसबुक मार्फत बताएका छन् ।

थापाले आफ्नो फेसबुकबाट पनि कार्कीको आफैँले हत्या गरेको जनाकारी समेत दिइएका छन् । उनले लेखेका छन् , ‘सन्तोष कार्कीले मलाई वर्षैदेखि दुःख, पीडा दिनु र बदनाम गराइदिनाको कारण सोधपुछ गर्न र सम्झाउन ५ गते उसको घर पुगेको थिएँ । तर, उल्टै ममाथि हातपात गर्न पुग्दा धारिलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरूप उसलाई दण्ड दिएको हुँ ।’

उनले फेसबुकमा भनेका छन्, ‘बर्षौ आफ्नो घर जान पनि नसक्ने परिस्थिति सृजना गर्ने व्यक्ति र उक्त कार्यमा सहयोगी भूमिका निर्वाह गर्नेहरूलाई सजाय दे सरकार भनेर विज्ञप्ति किन जारी गर्छौ ? मलाई फाँसी मात्रै किन त्यो भन्दा पनि कडा सजाय दे सरकार हाँसी हाँसी स्विकार छु । तर आफ्नो परिवारको खुसीको लागी म जस्ता लाखौँ युवाहरू विदेशिएका छन् । तिनीहरूकै इज्जतसँग खेलबाड गर्दै बिना कारण बदनाम गराउँदै सिङ्गो परिवार तहसनहस बनाइदिने लाई के सजाय दिन्छौ ?

उनले सत्य, तथ्यको वास्तविक कारण कार्कीकै मुखबाट जान्नका लागि आवश्यकताभन्दा बढी प्रहार गरेको पनि उल्लेख गरेका छन् । मर्ने वेला कार्कीले आफ्नो गल्ती समेत स्विकारेको दाबी गर्दै उनले अगाडि भनेका छन्, ‘मेरा सबै विकल्पहरू असफल हुँदा दण्डलाई नै अन्तिम विकल्प बनाउन पुग्दा मबाट गल्ती भएकै हो ।’widekhabarबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार