शुक्रबार महेन्द्रनगरमा गोली चलेपछि एक अनौठो घटना भएको खुलेको छ । सुरक्षा निकायले यसलाई टीकापुर घटना दोहर्याउने प्रयासका रुपमा पनि अथ्र्याएको छ ।
एक क्रुद्ध आन्दोलनकारीले महाकाली अञ्चल अस्पतालमा बिरामी पुर्याएर झलारी फर्कदै गरेको एम्बुलेन्स कब्जा गरी तीब्र गतिमा फरार भइरहेका बेला सुरक्षाकर्मीहरुले रोक्न नसकेको भएको ठूलो दुर्घटना हुने अनुमान पनि गरिएको छ । सुरक्षाकर्मीले एम्बुलेन्स तोडफोड गरेको समाचार आएको भए पनि किन एम्बुलेन्स अपहरण गरियो र अपहरण गर्ने युवक र अपहरणको उद्देश्यबारे भने खासै चर्चा भएन ।
एक क्रुद्ध आन्दोलनकारीले झलारीस्थित सुनावरा कृषि सहकारी संस्थाबाट सञ्चालित म १ च ४४६ नम्बरको एम्बुलेन्स अस्पतालबाट कब्जामा लिएर तीब्र गतिमा कुदाउँदै मदनचोकतर्फ आइरहेको बेला बीचैमा सुरक्षाकर्मीले त्यसलाई रोक्न सफलता पाएका थिए । सुरक्षाकर्मीले मेनरोडस्थित हुलाक कार्यालय नजिकै एम्बुलेन्स नियन्त्रण गर्न बल प्रयोग गरेका थिए । कब्जामा लिने युवक भने भाग्न सफल भएको बताइएको छ ।
शुक्रबारको आन्दोलनमा सार्वजनिक यातायातका मजदूरको उल्लेख्य सहभागिता थियो । एम्बुलेन्स कब्जामा लिने युवक पनि तीमध्ये एक भएको अनुमान गरिएको छ ।infokhabarबाट







