कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टको स्वास्थ्य परीक्षण गर्न शुरू गरिएको छ ।

मानसिक सन्तुलन ठीक नभएका भनिएका विष्टलाई मंगलवार त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । टिचिङमा भर्ना भएका विष्ट मानसिक स्वास्थ्य अवस्था परीक्षण शुरू भएको अस्पताल स्रोतले जनाएको छ ।

‘अहिले नै मानसिक रोगी हो भन्न मिल्दैन, मानसिक स्वास्थ्य समस्या हो वा होइन भनेर पहिला बिरामीको ‘हिस्ट्री’ लिनुपर्ने हुन्छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘अहिले परीक्षणको शुरूवात मात्रै भएको छ, साइक्याट्रिक डाक्टरहरूले परामर्श गर्नुहुन्छ, कस्तो व्यवहार देखाइरहेको छ, बानी व्यवहार र उसका कुराहरू सुनेर मानसिक रोगी हो वा होइन पत्ता लगाउने हो ।’

उनी मानसिक रोगी हुन् वा होइनन् भनेर पत्ता लगाउन समय लाग्ने स्रोतले जनाएको छ । अस्पताल स्रोतले भन्यो, ‘मानसिक स्वास्थ्य परीक्षणमा गोपनियता कायम हुने भएकाले विष्टको विषयमा कुनै जानकारी दिन मिल्दैन ।’

निर्मलाको बलात्कार र हत्यामा संलग्नता रहेको भन्दै विष्टलाई कञ्चनपुर प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो । तर, स्थानीयले उनको मानसिक अवस्था ठीक नभएको भन्दै प्रहरीले मुख्य अभियुक्तलाई लुकाएर मानसिक रोगीलाई दोषीको रुपमा देखाएको आरोप लगाएका थिए ।infokhabarबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार