संघर्षरत नेत्रविक्रम चन्द(विप्लव नेतृत्व) काे नेपाल कम्युनिस्ट पार्टीले दमनकारी सरकारसँग वार्ता गर्नुको औचित्य नभएको जनाएकाे छ।
पार्टीमा महासचिव विप्लवले एकातिर सरकार वार्तामा बाेलाउने अर्काे तिर नेताहरुलार्इ विनाकारण पक्राउ गर्ने दमनकारी सरकारसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारे।
सो पार्टीका पोलिटब्युरो सदस्य उमा भुजेललाई प्रहरीले मंगलबार गिरफ्तार गरेपछि साेही दिन एक विज्ञप्ती विज्ञप्ति मार्फत विप्लवले सरकारसँग कुनै हालतमा वार्ता नहुने बताए।
विप्लवलेले विज्ञप्तिमा सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रवैयाकाबिचमा वार्ताको कुनै गुन्जायस नै छैन भनी उल्लेख गरेका छन्।
नेकपाका नेता–कार्यकर्तामाथि सरकारले दमन, गिरफतारी बढाउँदै लगेपछि आक्रोशित भएका विप्लवले केपी ओली र प्रचण्डको गठबन्धनमा बनेको, वाम खोल ओढेको सामाजिक फासिवादी सरकारले आफ्नो पार्टीमाथि दिनानुदिन षड्यन्त्र, दमन र गिरफ्तारीको श्रंखला चलाइरहेको विप्लवले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरेका छन्।
विज्ञप्तिमा उनले सर्वोच्च अदालतको आदेशलाई पनि लत्याउँदै झूट्टा मुद्दामा फसाई छानबिनका नाममा हिरासतमा राखिएका आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड, पीबीएम, सीसीएम लगायत सबै बन्दीहरूलाई तुरुन्त रिहा गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।
महासचिव विप्लवले अधिकारवादी, सञ्चारकर्मी, कानुन व्यवसायी तथा अन्य राजनीतिक दलहरूलाई सरकारको यस्तो रवैयाको भण्डाफोर गर्दै न्यायका पक्षमा उभिन आह्वानसमेत गरेका छन् ।nepalpanaबाट







