कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको हत्या काण्डमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्ली बिष्टका छोराको संलग्नता रहेको सामाजिक सञ्जालमा आएपनि कञ्चनपुर प्रहरी प्रमुख उपरिक्षक कुबेर कडायतले उनिमाथी कुनै शंका नभएको दाबी गरेका छन् ।
पढाइको सिलसिलामा काठमाण्डौँ रहेका एसपी बिष्टका छोरा केही दिनबाट काम बिशेषले महेन्द्रनगर आएको जानकारी आएपनि उनको संलग्नताको कुनै प्रमाण नभेटिएकाले पक्राउ गर्न नमिल्ने प्रहरी उपरिक्षक कडायतले बताए ।
त्यस्तै मेयर शुरेन्द्र बिष्टका भतिजामाथीपनि कुनै शंका गर्ने ठाँउ नभएकाले उनिहरुमाथी अनुसन्धान नगरिएको उनले बताए । rmkhabarबाट







