आफ्नो बाउले अर्को आमा भित्राउन लागेपछि उनी आफै नया श्रीमति बनिदिइन् । बाबुको श्रीमति बन्नुको कारण पनि रोचक छ । उनी सौतेनी आमा बन्न लागेकी युवतीलाई चिन्थिन् । ति युवतीलाई उनी मन पराउँदैन थिइन् । आफुले मन नपराएकी युवती आफ्नो घरमा भित्रिन लागेपछि उनी आफै बाउको श्रीमति भइन् ।
२६ वर्षिया ती युवतीले २००९ मा पहिलो पहिलो पटक बाबुसंग सुतेकी थिइन् ।हाल उनको मुद्धा हङकङको अदालतमा विचाराधिन छ । युवतीका वकिलले अदालतमा पेश गरेको मनोवैज्ञानिक रिपोर्ट अनुसार युवती बाउसँग पहिलेदेखि नै आकर्षित थिइन् ।
त्यसैले छोरीले बाउलाई यौन संम्वन्धको प्रस्ताव राख्दा बाउले पनि अस्विकार गर्न सकेनन् । यो घटना त्यतिबेला बाहिर आएको थियो जब उनको भाईले बाबु छोरीको यौन क्रियाकलापको भिडियो देखे । त्यसपछि उनले प्रहरीलाई त्यो भिडियो प्रहरीलाई दिएका थिए । त्यसबेला यो क्रियाकलाप सहमतिमा भएको भन्ने थाहा थिएन । त्यसबेला युवती १९ वर्षकी थिइन् ।
हाल युवतीले सबै आरोप र सजायको भागिदार आफू नै भएको भन्दै बाबुलाई यस मामलामा नतान्न आग्रह गरेकी छन् । उनले बाबुले अर्को विवाह नगरुन् भनेर यसो गरेको बयान दिएकी छिन् ।
अहिले युवतीको परिचय सार्वजनिक गरिएको छैन । यो घटनामा अदालतले यही १२ जुनमा फैसला सुनाउने भएको छ ।osnepal बाट ।







