ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाललाई आज बिहान सादा पोशाकमा खटिएको प्रहरीले उनको घर चाबहिलबाटै पक्राउ गरेको हो।
नेपाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने क्रममा मोदी आउनु भन्दा केहीबेर अघि पक्राउ गरेको हो ।

काठमाडौं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदी आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। news24nepal

https://www.youtube.com/watch?v=WEYI3nVoNM0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार