आज २ घन्टाको अन्तरालमा तीन देशका प्रधानमन्त्रीको आगमन हुने भएकाले उक्त अवधिमा विमानस्थलमा कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नहुने भएको छ । यसैले बिहान ८ बजेदेखि नै विमानस्थल ठप्प छ । यो समयमा आन्तरिक तर्फका करीब ३० उडान तथा अवतरण र अन्तर्राष्ट्रिय तर्फका २४ वटा उडान तथा अवतरण प्रभावित भएका छन् ।
भारतीय प्रधानमन्त्रीमको आगमन पछि १ घण्टा समय रहे पनि विशिष्ट पाउनाको सुरक्षालाई मध्यनजर राख्दै कुनै पनि उडान सुचारु गर्न नसकिने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। एक घन्टाको समयमा रनवेको मर्मतदेखि अन्य व्यवस्थापनको काम गर्नु पर्ने भएकाले उडान गर्न नसकिने उनको भनाइ छ। बंगलादेशका प्रधानमन्त्रीको आगमनपछि १ घन्टाको सयम खाली भए पनि सुरक्षाका कारण उडान तथा अवतरण खुल्ला गर्न नमिल्ने क्षेत्रीको भनाइ छ। विदेशी राष्ट्रप्रमुखहरु नेपालमा रहेको र बाँकी आउने आजै नेपाल आउने भएकोले काठमाडौ‌ंको सुरक्षाा व्यवस्था कडा बनाइएको छ।

https://www.youtube.com/watch?v=WEYI3nVoNM0&t=67s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार