अाेली सरकारले दमन र धरपकडलार्इ बेलगाम बढाइरहेकाे छ । सरकारले विप्लव नेकपाका नेता र कार्यकर्तालार्इ देशैभर गिरफ्तार गर्ने कार्यलार्इ गुणात्मकता दिएकाे छ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सेक्रेटरीसहित १० जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलार्इ प्रहरीले बुधबार झापाबाट गिरफ्तार गरेकाे नेकपा मेची ब्युराेले जनाएकाे छ ।
पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, ब्युरो सदस्य प्रशान्त थापा, झापा जिल्ला सदस्यहरु सजय राई, बुभाष राई, चमनलाल माझी, चेसीभाई लिम्बु, भीम लिम्बु, चित्र विक, सुरेन्द्र मिश्र र इलाम जिल्ला सदस्य महोन बराल रहेका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन लिम्बुले आफ्ना कार्यकर्तालाई बिनाकारण गिरफ्तारीको निन्दा गरेका छन् । उनले गिरफ्तारीमा परेका नेताकार्यकर्तालाई तत्काल रिहाइ नगरे संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।
यसैगरी नेकपा भक्तपुर जिल्ला सचिवालयका दुई सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । सूर्यविनायकबाट आफ्नो डेरामा पर्कने क्रममा बुधबार साँझ ७ बजे सचिवालय सदस्य धुर्व किराँती र गुमुरा राईलाई प्रहरीले गिरफ्तार गरेको हो ।
नेकपा भक्तपुरका सेक्रेटरी लाल किरणले बुधबारै प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै विरोध तथा भत्र्सना गरेका छन् ।







