बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा सहभागी हुन नेपाल आउँ ६ देशका राष्ट्र प्रमुखलाई नेपाल सरकारले बुलेट प्रुफ सवारी साधन उपलब्ध गराएको छ । उक्त सवारी भाडामा ल्याईको हो । भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको थियो ।
सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा २ करोड निकासा गरेको हो । आज र भोली काठमाडौंमा हुने सम्मेलनमा भाग लिन सदस्य राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्र प्रमुख आज बिहान सम्ममा काठमाडौ आइपुग्नेछन् ।
नेपाल प्रहरीसँग दुई वटा जामर र ४ वटा बुलेटप्रुफ गाडी छन् । त्यस्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनासँग पनि केही बुलेप्रुफ सवारीसाधन छन् । विमस्टेकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री छिरिङ तोग्वे, बंगलादेशी प्रधानमन्त्री शेख हसिना, श्रीलंकका प्रधानमन्त्री मैत्रीपाल सिरिसेना, बर्माका राष्ट्रपति विन मिन्ट, थाइल्याण्डका प्रधानमन्त्री प्रत्युत चान ओचासहित व्यक्ति सम्मेलनमा आउँदै छन् । सम्मेलनमा आउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चढ्ने कार भने भारतबाटै ल्याइएको छ । उनका लागि भारतबाटै ल्याइएको स्रोतले खुलाएको छ ।janaboli बाट
https://www.youtube.com/watch?v=WEYI3nVoNM0&t=67s







