काठमाडौँ । डिएसपी बनेर वर्षौदेखि ठगी धन्दा चलाउँदै आएकी प्रहरी हवल्दार सीता उप्रेती पक्राउ परेकी छिन । त्रिभुवन विमानस्थलमा कार्यरत नेपाल प्रहरीकी हवल्दार उप्रेतीलाई महानगरिय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए ।

घरमा डिएसीको बर्दी लगाएर बस्ने र मानिसहरुलाई धम्की दिएर रकम असुल गर्ने गरेको आरोपमा उजुरी परेपछि सीतालाई प्रहरीले भाद्र ३ गते पक्राउ गरेको डिएसपी थापाले बताए । नुवाकोट स्थायी घर भएकी हवल्दार उप्रेतीले सयौ मानिसलाई डिएसपीको बर्दी लगाएर ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उप्रेती ठगी धन्दा र संगठित अपराधको मुद्दामा पक्राउ परेसँग उनी हवल्दारबाट निलम्वित भएको डिएसपी थापाले जानकारी दिए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार