काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अब केही बेरमा काठमाडौ अवतरण हुँदैछन् । आज र भोली चल्ने विम्स्टेक शिखर सम्मेलनमा भाग लिन उनी अहिले ८ः३० बजे काठमाडौको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवरण हुन लागेका हुन् । उनी काठमाडौमा ओर्लिनु अगावै काठमाडौंको सडक २५ मिनेट अघि देखि नै खाली गराइएको छ । मोदीको सुरक्षालाई ध्यानमा राखी उनको सवारी चल्ने रुटका सडक खाली गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जसका कारण सर्वसाधारणले आज र भोली सास्ती भोग्नेछन्।
मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सबै उडान तथा अवतरण बन्द हुने भएको छ। बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द गरिने विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोल (एटिसी) रुमका प्रमुख सीताराम भण्डारीले जानकारी दिए। यसैगरी ९ बजेर १५ मिनेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना विमान बंगालमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ।
नियमित उडानमार्फत आउने भएपनि उनको आगमन समय भने केही अगाडि सरेको भण्डारीले जानकारी दिए। यस्तैगरी थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा बिहान १० बजेर १५ मिनेटमा काठमाडौं आइपुग्ने छन्। वचा चार्टर उडानमार्फत काठमाडौं आउन लागेका हुन्। २ घन्टाको अन्तरालमा तीन देशका प्रधानमन्त्रीको आगमन हुने भएकाले उक्त अवधिमा विमानस्थलमा कुनै पनि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नहुने जानकारी एटिसी प्रमुख भण्डारीले दिए। यो बीचको समयमा आन्तरिक तर्फका करीब ३० उडान तथा अवतरण र अन्तर्राष्ट्रिय तर्फका २४ वटा उडान तथा अवतरण प्रभावित हुने भण्डारीले जानकारी दिए।
भारतीय प्रधानमन्त्रीमको आगमन पछि १ घण्टा समय रहे पनि विशिष्ट पाउनाको सुरक्षालाई मध्यनजर राख्दै कुनै पनि उडान सुचारु गर्न नसकिने विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए। एक घन्टाको समयमा रनवेको मर्मतदेखि अन्य व्यवस्थापनको काम गर्नु पर्ने भएकाले उडान गर्न नसकिने उनको भनाइ छ। बंगलादेशका प्रधानमन्त्रीको आगमनपछि १ घन्टाको सयम खाली भए पनि सुरक्षाका कारण उडान तथा अवतरण खुल्ला गर्न नमिल्ने क्षेत्रीको भनाइ छ। विदेशी राष्ट्रप्रमुखहरु नेपालमा रहेको र बाँकी आउने आजै नेपाल आउने भएकोले काठमाडौंको सुरक्षाा व्यवस्था कडा बनाइएको छ। यसले गर्दा आज पुरै बिहान काठमाडौ अवरुद्ध हुनेछ ।
https://www.youtube.com/watch?v=WEYI3nVoNM0&t=67s














