एसिया कप क्रिकेट छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईबाट २५५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले यूएईलाई २५४ रनमा रोकेको छ । नेपालका लागि उत्कृष्ट बलिङ गर्दै सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

यूएईकालागि चिराग सुरीले ६५ तथा अदनान मुफ्तीले नटअाउट ५७ बनाएका थिए ।

पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाल प्रतियोगिताको शीर्ष दुई स्थानमा रहन आज जित हात दर्ता गर्नुपर्ने दबाबमा छ ।

यूएईले अघिल्लो दिन सिंगापुरलाई सहजै हराउँदै उत्कृष्ट सुरुआत गरिसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार