काठमाडाैं । वैदेशिक रोजगारीमा दुबई पुगेका एक युवाले श्रीमतिले परपुरुषसंग सम्बन्ध गाँसेको आशंकामा एक व्यक्तिको निर्मम हत्या गरेका छन् । दाङको लालमटिया, भालुबाङका सञ्जीव थापाले ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको छुरा प्रहार गरेर भदौ ५ गते हत्या गरेका हुन् ।
हत्यामा संलग्न थापालाई आज बिहान इलाका प्रहरी कार्यालय, कोहलपुरले पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछका क्रममा थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध भएका कारण कार्कीको हत्या गरेको दाबी गरेका छन् । उनी कार्कीको हत्या हुनु केही दिन अगाडि मात्रै नेपाल आएका थिए ।
‘सन्तोष कार्कीले मलाई वर्षैदेखि दुःख, पीडा दिनु र बदनाम गराइदिनाको कारण सोधपुछ गर्न र सम्झाउन ५ गते उसको घर पुगेको थिएँ । तर, उल्टै ममाथि हातपात गर्न पुग्दा धारिलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरूप उसलाई दण्ड दिएको हुँ ।’ थापाले फेसबुकमा लेखेका छन् ।
थापाले कार्कीको आफैँले हत्या गरेको जनाकारी समेत दिइएका छन् ।







