काठमाडौँ । आजबाट शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन ६ राष्ट्रका राष्ट्राध्यक्ष काठमाडौंमा आइपुगि सकेका छन् ।

आज र भोली हुने बिमस्टेक सम्मेलनमा भाग लिने आउने विदेशी पाहुनाहरू आउँदा काठमाडौंमा शान्ति सुरक्षाका नाममा सवारी साधन, शैक्षिक संस्था एवं पैदलयात्रीलाई समेत रोकिएको छ ।

बिमस्टेक सम्मेलनमा भाग लिने आउने राष्ट्राध्यक्षमध्ये सवै भन्दा बढी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा सर्तक अपनाइएको छ । मोदी काठमाडौं आउँदा देशैभरि दुईघण्टासम्म उडान बन्द गरेको छ ।

चौथो बिमस्टेक शिखर बैठकमा भाग लिन विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु काठमाडौं आउने क्रम दुई दिन अघिदेखि नै चलेभए पनि काठमाडौं उपत्यकाको यातायातमा केहीबेर अवरोध आउने गरेको थियो । तर, यो भन्दा अघि आउने पाउनका लागि हवाई उडान भने रोकिएको थिएन ।

डेढ सय भारतीय कमाण्डो काठमाडौंमा

भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो । वरिष्ठ अभिकृतकै कमान्डमा फौज आएको छ ।

मोदीको सुरक्षाका लागि केही दिनदेखि भारतीय सेनाको विशेष टोली काठमाडौँमै तैनाथ थियो । उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले पनि आवश्यक तयारी गरेका थिए । मोदीको सुरक्षाका लागि केही दिनअघि भारतीय सेनाको टोलीसँगै बुलेटप्रुफ गाडी पनि भारतबाटै ल्याइएको थियो ।

मोदी आउने भएपछि नेपाली सेनाले काठमाडौँको आकाशमा बिहानैबाट हवाई गस्ती गरेको थियो । बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार