काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विस्मटेक) सम्मेलनले काठमाडाैंको स्वरुप परिवर्तन गरिदिएको छ ।
विस्मटेक सम्मेलनका लागि अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्मारका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन् ।
एक कार्यक्रमकाबीच कालिमाटीमा रहेको होटेल सोल्टीमा प्रधानमन्त्री आेलीले दिउसो ३ः४५ बजे सम्मेलनको उद्घाटन गर्नेछन् ।
सवारी साधनको प्रयोगमा जोर बिजोर प्रणाली लगाएर सर्वसाधारणलाई यात्रा गर्न असहज भको अवस्थामा सडकमा पैदल हिड्ने यात्रुले समेत सकस भोग्न बाध्य भएका छन् । अझ अचम्मको कुरा त के भन्दा त्रिभुवन विमानस्थलको प्रयोग गरेर हवाई यात्रा गर्ने यात्रुले समेत हैरानी खेप्नु पर्दा भने मानिसहरु क्रुद्ध बन्न पुगेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा देशैभरि दुईघण्टासम्म उडान बन्द भए भने, त्रिभुवन विमानस्थल बन्द गरिँदा क्षेत्रीय उडानसमेत प्रभावित भए ।
सरकारले यसरी तामझामका साथ आयोजना गरेको विस्मटेक सम्मेलनको आैचित्यतालाई विभिन्न क्षेत्रबाट प्रश्न समेत उठाइएको छ । सार्कको विकल्पमा भारतले चालेको कदमका रुपमा समेत विस्मटेकलाई लिने गरिएको छ ।
बेलाबेलामा सर्वसाधारणलाई बाटो क्रस गर्न दिइएपनी धेरै जसो समय यात्रुले बाटो क्रस गर्नको लागि सडक को छेउ मा कुर्नुपरेको थियो । सवारीको बेलामा रोकिएका सर्वसाधारणले गाडी तथा मोटार्साइकलको हर्न चर्को आवाजमा बजाएका थिए । सवारि हुनु भन्दा धेरै समय अगाडि नै गाडीहरु रोक्नु नराम्रो भएको भन्दै सर्वसाधारणले गुनासो गरेका थिए ।







