काठमाडाैं । नेपालमा भैरहेको विस्मटेक सम्मेलनमा आएका भीआईपी पाहुना सहित राष्ट्रपतिले दिन लागेको दिवा भोज विवादित बनेको छ ।
राष्ट्रपति भण्डारीले आयोजना गरेको दिवा भोजमा विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशलाई निम्तो नगरेको भन्दै उनको आलोचना सुरु भएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी र चिफ अफ प्रोटोकल दीपक अधिकारीका साथै तिनमा राष्ट्राध्यक्ष र सरकार प्रमुखका श्रीमान् वा श्रीमति, परराष्ट्रमन्त्री मात्र रहेका छन् ।
बिमस्टेक राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग राष्ट्रपति भण्डारीले गर्ने बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनपनि हुनेछन् ।
सामान्यतया यसरी राष्ट्रपतिद्धारा दिइने भोजमा विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतलाई आमन्त्रण गरिने प्रचलन रहेको जानकारहरु बताउछन् ।
राष्ट्रपति र शीर्ष पाहुनाहरुबीचको बैठक करिव आधा घण्टाको हुनेछ भने त्यसपछि दिवाभोज सुरु हुनेछ ।
बैठक र दिवाभोजको कार्यक्रम सकिएपछि अपरान्ह ४ बजेदेखि कालिमाटीस्थित सोल्टी होटलमा बिमस्टेक शिखर सम्मेलन सुरु हुनेछ । nepalpana बाट







