नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेता वामदेव गाेतमलाई सांसद बनाउने कुरामा एकाएक युटर्न हुने संकेत देखा परेको छ ।
सत्तारुढ दलका नेता गौतमलाई डोल्पाबाट सांसद बनाउने चर्चासँगै यसलाई रोक्न नारायणकाजी श्रेष्ठको पत्ता फालिएको छ ।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड र झलनाथ खनालको समर्थनमा सांसद बन्ने बाटो खोलेका नेता गाैतमलाई काजी कार्ड फ्याँक्दै आेलीले साइजमा ल्याउने नीति लिएको बुझिएको छ । प्रचण्ड र खनालको सम्बन्ध बाक्लिएसंगै आेलीले नेता नेपाललाई काखि च्यापेर राखेका छन् । तथापि आेलिले नेपाल पक्षलाई प्रदेश ५ मा क्लिन स्विप गर्न खोजेकाले केहि जटिलता देखा परे पनि आेलीले मिलाएर अगाडी बढ्न नेपाललाई वचन दिइसकेका छन् ।
आशन्न नेकपाको महाधिवेशनलाई प्रभावमा पार्न प्रचण्डले नेता गाैतमलाई सांसद वनाएर शक्ति संचय गर्न खोजेको भन्दै आेली त्रसित बनेका हुन् । अर्का नेता नेपाललाइ आेलीले अवको अध्यक्ष तपाईँ नै हो भनेर भनेकाले प्रचण्डका विरुद्द हिजो मात्रै आफूलाई प्रधानमन्त्रीमा सहयोग नगरेको बरु गिरिजाले आफूलाई प्रधानमन्त्री बनाएको भनेर नेपालले प्रचण्ड विरोधी स्वरुपको झल्को दिइसकेका छन् ।
गौतमले गत साता सचिवालय बैठकमा आफू संसदमा आउनेसम्बन्धी विषयलाई छलफलका निम्ति प्रस्ताव गर्दै डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले पदबाट राजीना दिन तयार रहेको बताएका थिए । नेताहरूले गौतमको कुरा सुने पनि निर्णयका निम्ति कसैले पनि तत्परता लिएनन् । वामदेवको प्रस्तावका विरुद्ध जाने आँट पनि कुनै नेताले गरेका छैनन् ।
सचिवालयको बैठक छोटो समयका लागि राख्ने र अन्य जरुरी महत्वका विषयमा छलफल भएको थियो । सचिवालयका नौ सदस्यमध्ये वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्र सांसद छैनन् । गौतम बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । गोरखाबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए । वामदेवले आफूलाई ओलीले पराजित गरेको बताउँदै आएका छन् ।
ओलीविरुद्ध अहिले बोल्दा झन् काम बिग्रने भएकोले गौतम यस विषयमा मौन छन् । नारायणकाजी श्रेष्ठलाई प्रचण्डको इसारामा चुनाव हराइदिएको बताइन्छ । श्रेष्ठलाई पराजित गर्न स्वयम् प्रचण्डका स्वकीय सचिवसमेत रहेका चूडामणि खड्कालाई विशेष रूपमा खटाइएका थिए ।
ओली र नेपाल समूहले गौतमलाई रोक्न नारायणकाजी श्रेष्ठलाई पनि अगाडि सार्न सक्ने स्रोतको भनाइ छ । गौतम सांसद बन्ने चर्चासँगै श्रेष्ठले पनि मुख मिठ्याएर सांसद बन्न लविङ गर्न थालेको आरोप छ ।







