१४ भदौ, सप्तरीमा रात्रीबस पल्टिदा १७ जना घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खड्ग नगरपालिकामा बिहीबार बिहान यो घटना भएको हो । बसका चालक भने फरार भएको प्रहरीले बताए ।पोखराबाट छुटेको बस काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको रात्री बस खडक नगरपालिका ६ स्थित राजमार्गमै पल्टिदा यो घटना भएको हो घटनामा १७ जना घाइते भएका छन भने एकको अवस्था निकै गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।पोखरा महानगरपालिका १९ कि ५२ बर्षीया देवरुपा गिरीको दुर्घटना हुदा ढाडमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले बताए । दुर्घटनामा पर्ने ७ घाइते पोखराकै हुन् ।घाइतेहरुको उद्धार गरि कल्याणपुरस्थित अस्पतालमा उपचारका लागि पठाइएको छ भने फरार भएका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाँके । बाँकेमा एक ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । कोहलपुरमा ६ वर्षीया बालिका आफन्तबाटै बलात्कारमा परेका हुन् । बालिकाको अभिभावक सडकमा कपडा बनाउने काम गर्थे । सोही पसलबाट घर सम्म लगिदिने भनेर आफन्त पर्ने हारुन खानले बालिका बलात्कार गरेका हुन् । उनीहरु दुवै भारतीय नागरिक हुन् । खानलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । पीडित बालिकाको उपचार गरिएको छ ।पछिल्लो समय बालिका बलात्कारको घटना दिनहुँजसो बाहिर आइरहेका छन् । तर, यसलाई रोक्न भने सकिएको छैन । बलात्कारीलाई फाँसीको सजाय माग गर्दै सडक आन्दोलन भइरहँदा पनि दैनिक बालिकदेखि वृद्धासम्म बलात्कारीबाट पीडित भएका छन् ।







