सरकारले शिलबन्दी गरेको बाजेको सेकुवा रेस्टुरेण्टका सबै शाखाहरू तत्काल खोल्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बाजेको सेकुवामा शिलबन्दी गर्ने निर्णय कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश जारी गरेको हो।

बाजेको सेकुवाका सन्चालक चेतन भण्डारीले सुन तस्करी गरेर कमाएको पैसा रेस्टुरेण्टमा लगाएको भन्दै सबै शाखामा सिलबन्दी गरिदिएको थियो।

उक्त निर्णय विरूद्ध उनकी पत्नी नीतिमा भण्डारीले आइतबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। पेशा व्यवसाय गर्न र सम्पत्ती जोड्न पाउने आफ्नो मौलिक हक सरकारले खोसेको उनको रिटमा जिकिर थियो।

प्रहरीको फरार सूचीमा रहेका भण्डारीले काठमाडौं उपत्यकामा ६ वटा बाजेको सेकुवा कर्नर चलाउँदै आएका थिए। संगठित अपराध ऐनअन्तर्गत भण्डारीविरुद्ध मुद्दा चलाएको छानबिन टोलीले ‘थप अनुसन्धानका लागि’ भन्दै ती रेस्टुरेन्टमा ताला लगाएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार