मेक्सिकोमा एक टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको कानकुन सहरमा ‘क्यानल टेन’ नामक टेलिभिजन क्यामेरामान र संवाददाताकारुपमा कार्यरत् एनरिकको बुधबार सडकमा हिँड्दै गर्दा गोली हानी हत्या गरिएको हो । एनरिकसँगै अर्का एकजना व्यक्तिको पनि हत्या गरिएको जनाइएको छ ।

राजनीतिक विषयमा अन्तर्वार्तासमेत लिने गरेका उनको प्रतिशोधका कारण हत्या गरिएको अनुमान गरिएको छ । मेक्सिकोमा सन् २०१८ मामात्रै ८ जना पत्रकारको हत्या भइसकेको छ । गत दुई महिनामा हत्या गरिएका एनरिक दोस्रो पत्रकार हुन् ।news24nepalबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार