दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर–६ मा बिहीबार एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा कालिन्चोक गाउँपालिका वडा नम्बर–५ स्थायी ठेगाना भएका ७५ वर्षीय मन बहादुर थामी रहेका छन् ।
डा नम्बर–६मा रहेको छोरीको घर गएका थामी घरमा फर्कने क्रममा बिहीबार बिहान ८ बजे मृत अवस्थामा फेला परेको बताइएको छ ।मृतक थामीको टाउको र गर्दनमा चोट देखिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि चरिकोट ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । osnepal बाट







