कञ्चनपुर । एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कर्फ्यु आजदेखि पूर्णरुपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरेको हो ।

गत शुक्रबारदेखि दिउँसो र राति गरी कर्फ्यु लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्युलाई खुकुलो पार्दै आएको थियो । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कर्फ्यु पूर्णरुपमा हटाइएको जानकारी दिनुभयो ।

तेह्र वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । रासस janaboli बाट

https://www.youtube.com/watch?v=Hz_MwMnzdGY

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार