बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । उनीहरुले सञ्चारमाध्यमबाट प्रधानमन्त्रीलाई सुनाउने गरी पत्र लेख्दै भनेका छन्, ‘‘प्रधानमन्त्रीज्यू, हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ ?’’ निर्मला स्थानीय सरस्वती मावि महुलीयामा कक्षा ९ मा अध्ययन गर्दै आएकी थिइन् । निर्मलाको मृत्युपछि विद्यालय समेत शोकमै छ । स्थानीय पत्रकार अम्बादत्त तिवारीमार्फत् बाह्रखरीलाई प्राप्त पत्रमा लेखिएको छ,

सम्माननीय प्रधानमन्त्रीज्यू,
सिहंदरबार, काठमाडौं ।
विषय : हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ ?

उपरोक्त सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यू, भिनपा २ उल्टाखाम कञ्चनपुरमा बस्ने हाम्री साथी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना भन्दा बढी समय बित्दा पनि अपराधी पत्ता नलागेकाले दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाएर सजायको माग गर्दै निर्मलाले न्याय पाओस् भन्ने चाहन्छौं ।

निर्मलाका सहपाठीहरु
जानकी भट्ट
गीता जोशी
लक्ष्मी बडू
पूजा चन्द

यस्तो छ निर्मलाका सहपाठीले लेखेको पत्र

baahrakhariबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार