काठमाडौं :काठमाडौँ बानेश्वर मिलनचोकबाट एक बालिका हराएको छ । गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर देवकोटा मार्गस्थित घरबाट बाहिर निस्किएकी १५ बर्षीया किशोरी निक्की पराजुली हराएकी हुन् ।
उनी भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत छिन् ।
आफन्त, साथीभाइ तथा चिनजानका सबैसँग सोधपुछ गरिएको तर उनी नभेटिएको निलकण्ठ पराजुली बताए ।
हल्का गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट कसैलाई केहि नभनी निस्किएकी हुन् ।
उनलाई देख्नुहुनेले नजिकको प्रहरी चौकी अथवा ९८१३८४७७११ / ९८०२०७५५९८ नम्बरमा सम्पर्क गरिदिन निक्कीका बुबा निलकण्ठ पराजुलीले आग्रह गरेका छन् ।tajareport बाट







