पूर्वयुवराज पारस शाह आफ्नो तितो विगत भुलेर वुवा ज्ञानेन्द्र शाहको लाइनमा आउन थालेका छन् ।
लामो समयदेखि ड्रग्स सेवन लगायतका अन्य थुप्रै हर्कत देखाएर परिवार मै सम्बन्ध चिस्याएका पारसले अहिले भने राजनीतिक भेटवार्तामा ध्यान दिन थालेका छन् । हिजो मात्रै पारसले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकिकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेताहरुसंग झण्डै चाढे चार घण्टा गोप्य छलफल गरेर पार्टी एकता हुने कुरा बारेमा चासो व्यक्त गरेका छन् ।
पारसले देशमा महिला हिंसा लगायतका विभिन्न सामाजिक असमानता व्याप्त रहेको भन्दै नक्सालमा रहेको होटेल टंगाल उडमा नेताहरुसं छुट्टाछुट्टै र सामुहिक छललफल गरेर अव राजनीतिक प्राणी बन्ने कुराको संकेत दिएका छन् ।
होटेल टंगालमा भएको भेटवार्तामा राप्रपा प्रजातान्त्रिकका राजेन्द्र गुरुङ, सुरेश आचार्य, रवीन्द्रप्रताप शाह, विराज विष्ट, सुगनसुन्दर लावती, पंकह प्रधान र श्याम थापा थिए । एकिकृत राप्रपाका तर्फबाट ऋषिबाबु परियार, डा. शुष्मा आचार्य, र डा. केशव श्रेष्ठ तथा राप्रपाबाट सिर्जनारानी बर्मा, सिचित्रा घिमिरे सहभागि भएका थिए ।
पारसले राप्रपा एकता प्रक्रियालाई टुङ्गोमा पुर्याएर युवा शक्तिलाई परिचालन गरेर अगाडी बढ्न समेत आग्रह गरेका छन् । पारसले टुक्रिएको राप्रपालाई एकिकृत गरेर कुनै न कुनै भुमिकामा राजनीतिमा हाम फाल्न खोजेका छन् । देशमा बढेको हिंसा र बलात्कार जस्ता घटनाले मानिस आजित भएको भन्दै राजतन्त्र फर्काउने दाउमा लागेका पारसलाई राप्रपाले साथ दिने संकेत समेत देखा पर्दै गएको छ ।
भेटघाटको क्रममा पूर्वयुवराज कमै मात्र बोले । सहभागीहरुको विचार भने ध्यानपूर्वक सुनेका थिए । महत्वपूर्ण कुरा उठ्दा सांकेतिक रुपमा त्यसमा चासो व्यक्त गर्ने गरेका थिए । सहभागीका अनुसार छलफलको वातावरण ज्यादै सरल र सहज थियो ।
राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी तीनै जनाले अध्यक्ष पदमा दावी छाडेका छैनन् । जसकारण एकता वार्ता अघि बढ्न सकेको छैन ।nepalpanaबाट







