बिमस्टेक सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौमा रहीरहँदा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि शुक्रबार काठमाडौं आउने भएका छन् ।भारतीय दैनिक ‘द हिन्दु’ले जनाएअनुसार गान्धी राजनैतिक भेटघाटका लागि नभई मान सरोबर तिर्थ दर्शनार्थ काठमाडौं ओर्लन लागेका हुन् ।

गत २६ अप्रिलमा गुजरातमा भएको सभामा उनले चुनावको प्रचारका क्रममा आफु चढेको जहाजमा अचानक प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गर्नु परेको र त्यती नै बेला अचानक आफुलाई कैलाश मानसरोवरको सम्झना आएको कारण शिवभक्तिका लागि मान सरोवर जाने घोषणा गरेका थिए ।

पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा) ले गान्धीलाई ‘हिन्दु विरोधी’ भएको आरोप लगाएको छ गान्धीले भने आफूलाई हिन्दुविरोधी नभएर ‘शिवभक्त’ भएको दावी गर्दै आएका थिए। उनको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको त्यही आरोपको जवाफका रुपमा समेत हेरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार