बुटवल– १५ भदौ । प्रदेश ५ को रुपन्देहीमा ६ वर्षीया बालिका बलात्कार भएको घटना एक एक साता नहुँदै यसै प्रदेशको बाँकी जिल्लामा फेरी अर्की ६ वर्षीया बालिाका बलात्कृत भएकी छन् ।
कोहलपुरपुर इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी रमेशबहादुर सिंहका अनुसार गत मंगलबार दिउँसो कोहलपुर नगरपालिका १ की ६ वर्षीया मुस्लिम समुदायकी बालिका बलात्कृत भएको छ, भने गत बिहीबार मुद्धा दर्ता गरिएको छ ।
भारत उत्तर प्रदेश रायबरेली घर भई हाल कोहलपुर नगरपालिका ४ मदनचोक बस्दै आएका १९ वर्षीय हारुन खानले ती बालिकालाई बलात्कार गरेको डिएसपी सिंहले बताए । कोहलपुर– ३ मा घुम्तीमा किराना पसल गर्दै बालिकाकी आमासँग रहेकी बालिकालाई घरमा पु¥याइदिने बाहानामा खानले साइकलमा राखेर आफ्नो घरमा लगे । आफ्नो घरमा लगेर ती बालिकालाई बलात्कार गरेको उनको भनाई छ ।
बलात्कारमा परेकी बालिकाको योनिबाट रगत बगेकाले उपचारका लागि कोहलपुर स्थित मेडिकल कलेजमा भर्ना गरिएको छ । बलात्कारका आरोपी खानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको डिएसपी सिंहले जनाएका छन ।







