नेकपा प्रवक्ता प्रकाण्डकाे गृह जिल्ला कालेकाेटमा नेपाल कम्युनिस्ट पार्टी कालिकोटले अभियान सुरु गरेको छ ।

देशव्यापी अभियान शुरू भइरहँदा पार्टी केन्द्रको निर्णयअनुसार ‘संगठन सुदृढ तथा विस्तार’ अभियान शुक्रबारबाट सुरु भएको नेकपा कालिकोटले जनाएको छ ।

अभियानको क्रममा जिल्लाका सबै स्थानीय तहमा संगठन सुदृढ तथा विस्तार गरिनुको साथै भ्रष्टाचार, कोलोबजारी, महंगी, दलालीविरुद्ध पनि विशेष कदम चाल्ने बताइएको छ ।

जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको नेकपाले मदिरा बिक्री बितरण गरे नगरेको अनुगमन समेत गर्ने बताइएको छ । त्यसैगरी जिल्लाका सहिद, वेपत्ता र घाइते परिवारवालाई भेट्नुको साथै जनश्रममा सहभागी हुने नेकपा कालिकोटले जनाएको छ ।

स्थानीय तहमा भ्रष्टाचार भइरहेको सूचना पार्टीमा आएको भन्दै त्यसबारेपनि अभियानको क्रममा अनुसन्धान गरिने बताइएको छ ।

केन्द्रमा अाेली सरकारले राज्यअातंक बढाइरहँदा कालिकाेटमा सयाैं युवा अभियानमा लागेका छन् । केही दिन अघि पनि कालिकाेटमा सयाै स्थानीयकाे उपस्थितिमा गिरफ्तार नेता प्रकाण्डकाे रिहाइकाे माग गर्दै प्रर्दशन गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार