सुनसरी । सुन तस्करीको घटना सेलाउन नपाउँदै सुनसरीबाट समेत १६ तोला बढी सुन सहित कारोबारी पक्राउ परेका छन् ।तस्करीमा संलग्न तफेजुल अन्सारीलाई शसस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउपालिका अन्र्तगत पर्ने भारतीय सीमावर्ति क्षेत्र घुस्कीबाट १६ तोला सुन सहित पक्राउ गरेको छ ।

घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलिपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे ४७०० नम्बरको मोटरसाइकलमा सवार अन्सारीको साथबाट सुन बरामद भएको हो ।

सुन सहित मोटरसाइकल र चालक सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको शसस्त्रले जनाएको छ ।सुनसरी नाकाबाट तस्करीको सुन बरामद भएको घटना पहिलो नभएपनि निकै लामो समय पश्चात सुन सहित तस्करमा संलग्न व्यक्ति पक्राउ परेको शसस्त्र प्रहरीको भनाई छ ।

केही समयअघि घुस्कीमै स्थानीय तस्कर र शसस्त्रबीच तस्करीको सामान विवादले झडपको रुप लिँदा गोली समेत चलेको थियो । त्यसयता सो नाकामा शसस्त्रले कडा निगरानी थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार