काठमाडाैं । काठमाडाैंमा जारी विमस्टेकको चाैथो सम्मेलनमा अधिकांस मुलुकका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरुले आफ्नै देशको राष्ट्र भाषाको प्रयोग गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको राष्ट्रभाषा हिन्दीको प्रयोग गर्दै राष्ट्रियता प्रति उनको लगाव देखाएका छन् । यस्तै, अन्य देशका विशिष्ट पाहुनाले समेत आफ्नै देशको राष्ट्रभाषाको प्रयोग गर्दै भाषण गरेका छन् ।
तर, नेपालका प्रधानमन्त्री आेलिले भने नेपाली भाषाको प्रयोग कहिकतै गरेनन् । उनले अंग्रेजी भाषाको प्रयोग गर्दै गरेको भाषणले उनको राष्ट्रियता उदाङ्गियको भन्दै सामाजिक रुपमै टिकाटिप्पणी सुरु भएको छ ।
आेलीले भारतीय नाकाबन्दीका बेला देखाएको राष्ट्रवादका कारण मानिसहरु आेलीलाई सच्चा राष्ट्रवादी नेताका रुपमा चित्रित गरियो तर, अहिले भने प्रधानमन्त्री आेलीको कच्चा राष्ट्रवादको धोति खुस्किएको भन्दै व्यापक आलोचना सुरु भएको छ । nepalpana बाट







