काठमाडाैं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार सम्पन्न भएलगत्तै चार राष्ट्रका राष्ट्राध्यक्ष स्वदेश फर्कँदैछन् ।
विशिष्ट पाहुना स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्। त्यसैगरी करिब एक घण्टा सोल्टी होटलदेखि सोल्टी मोड , कालिमाटी , त्रिपुरेश्वर , थापाथली , माईतिघर , नयाँ बानेश्वर , सिनामंगल , तिनकुने , एयरपोर्टको रुटमा सवारी साधनहरु दुईतर्फी रुपमै बन्द हुनेछन् ।
आज दिउँसो एक बजे बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद फर्किसकेकी छन् ।
त्यसैगरी दिउँसो ४ बजे थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा, साढे ४ बजे म्यान्माका राष्ट्रपति विन मीन्ट र साँझ ६ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कने उडान तालिका रहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं न्यायाधीश दसो छिरीङ वाङचुक शनिबार स्वदेश फर्कँदै छन् भने श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना आइतबार स्वदेश फर्किने सेड्युल रहेको क्षेत्रीले जानकारी दिए।







