हेटौाडा,१४ भदौ ।
बलात्कारीलाई कारबाही तथा निर्मला हत्याकाण्डको दोषीलाई कारबाहीको माग गर्दै आज हेटौँडामा युवा तथा विद्यार्थीले र्याली निकालेका छन् । मुसालधारे पानीमा पनि उनीहरुले र्यालीको आयोजना गरेका हुन् ।


र्यालीले हेटौाडाको विभिन्न स्थान परिक्रमा गरेर बुद्धचौकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले महिला हिंसा, बलात्कारजस्तो अपराधमा संलग्न भएको जो कोहिलाई पनि राज्यले सख्त कारबाही गर्नुपर्ने बताए ।


कार्यक्रममा बोल्दै अर्का युवा अभियान्ता भृगु कार्कीले बलात्कार जस्तो घटना समाजको कलंक रहेको भन्दै राज्यले यस्ता अपराधिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै अर्का अभियान्ता नविन मिश्रले बलात्कारी जस्तो जघन्य अपराधमा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।


सामजिक सञ्जाल मार्फत सुरु भएको महिला हिंसा बिरुद्धको अभियानको लागि पानीमा रुझेर एपनि सयौ युवा तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले बलात्कारको क्रममा हत्या भएकि निर्मला सहितका ब्यक्तिहरुप्रति श्रद्धासुमन अर्पण समेत गरेका थिए । कार्यक्रम संयोजन अभियानन्ता शिखा भट्टराई शर्मा ले गरिकी हुन । कार्यक्रममा अभियान्ता संग्राम बल लामाले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार