हेटौँडा,१५ भदौ ।
पुर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ स्थित हात्तिसुडे बजार जलमग्न भएको छ । आज बिहानबाट निरन्तर भएको वर्षातको कारण बजार जलमग्न भएको हो ।

हात्तिसुडेको लाटि खोल्सामा आएको बाढी सिधै बजारमा पसेपछि हात्तिसुडे बजार डुवानमा परेको हो ।

खोल्सामा बाट बकैया तर्फ पानि जाने स्थान बाढीको कारण जाम भएपछि बाढी सिधै बजार क्षेत्रमा प्रवेश गरेको बकैया गाउँपालिका वडा नंबर ३ का वडा अध्यक्ष दिलबहादुर भोम्जनले बताए । अहिले डोजरको प्रयोग गरि बाढिलाई रोक्ने काम भैरहेको उनको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार