१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरी थुनामा रहेकी उनकी साथी रोशनी बमले आरोप इन्कार गरेकी छन् । थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा उनीसँग लिइएको बयानका क्रममा रोशनीले आरोप इन्कार गरेकी हुन् ।
सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ता समेतको उपस्थितिमा उनको बयान लैजाँदा उनले आफू र दिदीमाथि लगाइएको सबै आरोप इन्कार गरेको स्रोतले जनाएको छ । तपाईंहरूमाथि त यस्तो आरोप लागेको छ नि ? भनी सोधिएको प्रश्नमा रोशनीले आफूहरूमाथि लागेका सबै आरोप इन्कार गर्दै घटनामा दुवै दिदीबहिनीको कुनै संलग्नता नरहेको बताएकी छन् । ‘निर्मला बिहान ११ बजेतिर आफ्नो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो’, रोशनीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको उनले आफ्नो बयानमा उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको समेत बयानका क्रममा बताएकी छन् । ‘घरमा पुग्दा निर्मलाको हातमा कालो लागेको थियो, के भयो भनेर सोध्दा साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भएको भनी’ रोशनीले बयानमा उल्लेख गरेकी छन् ।
पक्राउ गरेको ७ दिनपछि प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रोशनीको बयान लिएको हो । यसअघि पक्राउ गरेर थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेपछि प्रहरी सोधपुछ गरेको थियो । हिरासतमा अनुसन्धान क्रममा प्रहरीले आफैंले आवश्यक सोधपुक्ष र बयान लिएको थियो । .infokhabar
https://www.youtube.com/watch?v=Hz_MwMnzdGY







