सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बलेनीमा महिलाको बेवारिसे शव भेटिएको छ। सुनकोसी नदीले बगाएर ल्याएको अवस्थामा अन्दाजी ४०-४५ वर्षीया महिलाको शव भेटिएको हो।

शव खोलाले बगाएर ल्याएको र चिन्न सक्ने अवस्था नरहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शोभा पाण्डेले बताइन्। घटनाको अनुसन्धान भइरहेको पाण्डेको भनाइ छ।

शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार