काठमाण्डौको एक गेष्ट हाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् । गेष्टहाउसमा महिला मृत अवस्थामा फेला परेको काठमाण्डौ प्ररहीले जानकारी दिएको छ । उनको के कारण मृत्यु भएको त्यस बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।
उनका श्रीमान धरानका अनिल परियारसँगै बस्दै आएको गेष्टहाउस स्रोतले जानकारी दिएको छ । भदौ ७ गतेबाट उनि आफ्नो श्रीमानसँग बस्दै आएको गेष्टहाउसलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनका श्रीमान भनिएका अनिल भने फरार रहेको प्रहरीको भनाइ छ । पछिल्लो समय नेपालमा महिला हिंसा तथा बलात्कारका घटना बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।osnepalबाट







