काठमाडौँ । वर्तमान सरकारले मुख्य चुनौती ठानेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पछिल्लो समय भुमिगत छन् ।

बम विस्फोटक पदार्थ ओसार पसार तथा कालिकोट जिल्ला अदालतले उनी विरुद्ध परेको मुद्दाका लागि प्रकाउ पुर्जी जारी गरेपछि एकाउक भुमिगत भएका हुन् । केही दिन पहिले प्रहरीले रुकुम स्थित जगंलमा खोजी गरेको थियो ।

जगंलभर खोज्दापनि विप्लव नभेटिएपछि प्रहरीनै चकित परेको बताइएको छ ।विप्लवको खोजीमा प्रहरीको विशेष ब्युरो परिचालन गरिएको स्रोतको दाबी छ ।

विप्लवपछिका शिर्ष नेताहरुलाई धरपकड तथा पक्राउ गरिरहेको प्रहरीको ध्यान पछिल्लो समय महासचिव चन्दलाई नै गिरफ्तार गर्ने योजनामा देशभर परिचालन गरिएको छ ।

तर, जताततै खोज्दा पनि नभेटिएको बताइएको छ।प्रहरीको गोप्य रिपोर्ट फेल भएपछि उनलाई पक्राउ गर्ने योजना भने विफल भएको उच्च स्रोतको दाबी छ ।osnepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार