पाँचथर । पाँचथरमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । छुरा प्रहार गरी आफ्नै बाबु मारेको अभियोगमा तुम्वेवा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकलाई प्रहरीले पक्राउ गरेको छ ।
माङलाकले बुधबार राति ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई धारिलो हतियार छुरा कोखामा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । घाइते बाबुको स्थानीय मेडिकल हुदै थप उपचारको लागी शुक्रबार धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







