बर्दिया । बर्दियाको बाँसगढीमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरदेखि काठमाडौं जाँदै गरेको ना५ख ८१२० नंको यात्रु बसले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने माछागढको गौतम चोकमा ठक्कर दिँदा पैदल यात्री बाँसगढी– ९ थमनीका ६० वर्षीया बेलमाया शाहीको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बाँसगढीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलका अनुसार बसमा सवार सात जना घाइते भएका छन् । घाइतेमध्ये ठाकुरबाबा– १ का ४४ वर्षीया राधिका चौधरीको अवस्था गम्भीर छ । घाइतेको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको उनले जानकारी दिए ।
https://www.youtube.com/watch?v=Hz_MwMnzdGY







