बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मलेनका लागि नेपाल आएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले सम्मेलन सकिएपछि नेपालीमा टुइट गरेका छन् ।
उनले आज बिमस्टेक सम्मेलन सकिएपछि आफ्नो टुइट ह्याण्डलबाट नेपाल सरकार, प्रधानमन्त्री ओली र नेपालीलाई धन्यवाद सहित दुइवटा टुइट गरेका हुन् ।
काठमाण्डौमा अद्भूत एवं फलदायी बिम्स्टेक सम्मेलन आयोजना गर्नु भएकोमा म नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
— Narendra Modi (@narendramodi) August 31, 2018
मेरो नेपाल भ्रमणका क्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले देखाउनु भएको न्यानोपन र आत्मियता प्रति म आभार प्रकट गर्दछु । यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप गहिरो बनाउने छ ।
— Narendra Modi (@narendramodi) 31 August 2018







