पाँचथरमा आफ्नै छोरिले बाबुको छुरा प्रहार गरी ज्यान लिएकी छन् । पाँचथरकमो तुम्वेवा गाउँपालिकामा आफ्नै छोरिले धारिला हतियार प्रहार गरी बाबुको हत्या गरेकी हुन् । प्रहरीका अनुसार तुम्वेवा गाउँपालिका वाड नम्बर ३ पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई छुरा प्रहार गरि हत्या गरेकी हुन् ।
छोरीले मादक पदार्थ सेवा गरी बाबुमाथी छुरा प्रहार गरेकी पाँचथर प्रहरीले जानकारी दिएको छ । दिव्यरानीले मंगलबार राति ११ बजेको समयमा बाबुमाथी छुरा प्रहार गरेकी थिइन् । छोरीको छुरा प्रहारबाट गम्भीर घाइते भएका वकिलबहादुरको शुक्रबार मुत्यु भएको प्रहरीको दाबी छ । उनी छुरा प्रहारबाट गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचार भएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तयारी भएको थियो । थप उपचारको लागि धरान लैजाने तयारी भइरहँदा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको हो । छुरा प्रहार गरी बाबुको हत्या गर्ने दिव्यरानीलाई घटना घटेकै रात प्रहरीले नियन्त्रणमा लिएको छ ।







