बाँके । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रबार दिउसो एक युवामाथि खुकुरी प्रहार भएको छ । नेपालगन्ज उपमहानगरपालिका ७ पुरानो डिएसपी रोड स्थित अरबी हुसेन अन्सारीमाथि दिउसै खुकुरी प्रहार भएको हो । अन्सारी र केही युवा विच भना भन भएपछि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शी घाइते अन्सारीका साथी तुफेल हल्वाईले भन्नुभयो । विहीवार फेसबुकमा कुराकानी भएर शुक्रवार भेट्ने कुरा भयो भेट भएपछि उनिहरुले सिधै पाइपले प्रहार गरे अनि भित्रबाट हतियार प्रयोग गरि हान्न थालेको उहाँले बताउनुभयो । पुरानो रिसिवीका कारण उनिहरुले रिस पोखेको उहाँले बताउनुभयो । अन्सारीको टाउँकोमा खुकुरी प्रहारले काटिएको छ । अन्सारीको टाउँकोमा २० टाका लागेको उहाँको आफन्तले बताउनुभयो ।
घटना भएको ठाउँबाट करिव २ सय मिटर वडा प्रहरी कार्यालयको अफिस रहेपनि प्रहरीले घटना वारे सुइको समेत नपाएको स्थानियको भनाई छ । घटनामा संलग्न सुदेश शाह , गोपाल श्रेष्ठ र मुन्नी खानलाई पक्राउ गरि कारवाहीको माग अन्सारीको आफन्तले गरेका छन् । यता वडा प्रहरी कार्यालय बाँकेका इन्चार्ज नारायण डाँगीले घटना बारे अनुसन्धान भैरहेको जानकारी गराउनुभयो । यसवारे अनुसन्धान गरि कानुनी कारवाही अगाडी बढाउने प्रहरी इन्चार्ज डाँगीले भन्नुभयो ।







